घोडाघोडीको प्रचार –प्रसारका लागि महोत्सव हुदै

घोडाघोडीको प्रचार –प्रसारका लागि महोत्सव हुदै

सुख्खड : विश्व रामसार सुचिमा सुचिकृत कैलाललिको पर्यटकिय क्षेत्र घोडाघोडीको प्रचार प्रसारको लागि महोत्सव आयोजना गरिने भएको छ ।

माघ १४ देखी २३ सम्म कैलालीको सुख्खडमा घोडाघोडी सहायता केन्द«ले आयोजन गर्न लागेको “घोडाघोडी पर्यटन , व्यापार तथा सास्कृतिक महोत्सव २०७५”को तयारी शुरु गरिएको सोमवार एक कार्यक्रमको आयोजना गरी आयोजकले जानकारी दिएकोछ ।

स्थानिय कला संस्कृति र व्यापार , घोडाघोडी क्षेत्रको पर्यटन प्रवद्धनको आधार भन्ने नाराका साथ महोत्सवको आयोजना गरिन लागेको महोत्सव मुल आयोजक समितिका संयोजक होम आचार्यले जानकारी दिनुभयो ।

दश दिनसम्म संचालन हुने महोत्सवले स्थानिय कला सस्कृतिले स्थान पाउनुका साथै व्यापार तथा पर्यटन प्रवद्धनमा टेवा पुरयाउने आचार्यले वताउनुभयो ।

महोत्सवको मुख्य आर्कषणका रुपमा वाल उधान , रमाइलो मेला , थारु गााउ , मगर गाउका साथै एकसय भन्दा वढी व्यापारिक स्टल स्थानिय तथा राष्ट्रिय चर्चित कलाकारहरुको प्रस्तुति रहने महोत्सव मुल आयोजक समितिका सदस्य जनक केसीले वताउनुभयो ।

महोत्सव अवधिभर करिव १ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने तथा २ करोडभन्दा वढीको कारोवार हुने आयोजकले वताएको छ ।