बैतडीको सिगासकी १७ वर्षीया किशोरी बलात्कार प्रकरणका ५ जना आरोपी कारागार चलान

बैतडीको सिगासकी १७ वर्षीया किशोरी बलात्कार प्रकरणका ५ जना आरोपी कारागार चलान

बैतडी।  बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कार प्रकरणमा पक्राउ परेका ५ जनालाई कारागार चलान गरिएको छ।  जिल्ला अदालत बैतडीले आरोपी पाँचै जनालाई र्पुपक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए।  

पक्राउ परेका सिगास गाउँपालिका–८ का रामसिंह बोहरा, खडक बोहरा, केशव बोहरा, दानसिंह बोहरा र एक जना नाम नखुलाएका व्यक्तिलाई कारागार चलान गरिएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए। एक किशोरीका आफन्त पर्ने भएकाले नाम नखुलाएको प्रहरी स्रोतले जनाएको छ।

सिगास गाउँपालिकाकी–१७ वर्षीया किशोरीलाई पटक पटक बलात्कार गरेको कुरा किशोरीले बच्चा जन्माएपछि बाहिर आएको थियो। विवाह गरेर गएको घरमा किशोरीले ६ महिनामै बच्चा जन्माएपछि किशोरीमाथि बलात्कार भएको कुरा बाहिर आएको हो।

घटना बाहिरिएपछि संलग्न ३ जनालाई पहिलो र थप दुई जनालाई दोश्रो चरणमा गरेर प्रहरीले भदौ अन्तिम साता पक्राउ गरेको थियो। पीडित किशोरीलाई अहिले जिल्ला अस्पताल बैतडीको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको छ।