अमेरिकामा कोरोना : संक्रमितको संख्या ७६ लाख ३६ हजार नाघ्याे, मृत्यु दरमा कमि

अमेरिकामा कोरोना : संक्रमितको संख्या ७६ लाख ३६ हजार नाघ्याे, मृत्यु दरमा कमि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या ७६ लाख ३६ हजार ९ सय १२ पुगेको वल्डोमिटर्सको पछिल्लो अपडेट रहेको छ ।

 

अमेरीकामा एकैदिन ३३ हजार ९१ जनामा संक्रमण देखिएको छ भने एकैदिन ३ सय ३१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । पछिल्लो केही दिनदेखि अमेरिकामा संक्रमितको संख्या र मृत्यु दरमा कमि आएको छ ।

कोरोनाका कारण  ज्यान गुमाउनेको संख्या २ लाख १४ हजार ६ सय ११ पुगेको छ । त्यसैगरी अमेरिकामा ४८ लाख ४९ हजार ३८ जना संक्रमित उपचारपछि निको भएका छन् भने १४ हजार १ सय ९८ जनाको अवस्था गम्भीर रहेको छ ।

२५ लाख ७६ हजार २ सय ९५ जना उपचाररत रहेको अवस्थामा सक्रिय संक्रमितको संख्या २५ लाख ७३ हजार २ सय ६३ रहेको छ ।