बाटो निर्माणका क्रममा ढुङ्गा लागेर पुरुषको मृत्यु

बाटो निर्माणका क्रममा ढुङ्गा लागेर पुरुषको मृत्यु

 

दार्चुला :     दार्चुलामा ढुङ्गा लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्याँस गाउँपालिका वडा नम्बर ६ पन्तोलीका अन्दाजी ५८ वर्षीय जय सिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए ।

गाउँपालिका— ६ सल्लेरी कालागाडको भीरमा बाटो निर्माण गर्ने क्रममा खसेको ढुङ्गा लागेर उनको मृत्यु भएको उहाले बताउनुभयो । 
आज विहान ९ः३० बजेतिर घोरेटो बाटो खन्ने क्रममा खसेको ढुङ्गा टाउकोमा लागेर धामीको घट्ना स्थलमै मृत्यु भएको हो ।

घटना भएको खबर पाउना साथ ईलाका प्रहरी कार्यालय हुतीबाट प्रहरी निरीक्षक प्रेम खड्काको टोली घटनास्थलमा खटीगएको उहाले जानकारी दिनुभयो ।