सुदूरपश्चिम सरकारले स्वास्थ्य तर्फ ६८ पदमा कर्मचारी माग्यो, हेर्नुस् कुन-कुन पद ?

सुदूरपश्चिम सरकारले स्वास्थ्य तर्फ ६८ पदमा कर्मचारी माग्यो, हेर्नुस् कुन-कुन पद ?

धनगढी : सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशले स्वास्थ्य तर्फ ६८ पदमा कर्मचारीका लागि दर्खास्त आव्हान गरेको छ । बुधबार सामाजिक विकास मन्त्रालयले एक सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेश मातहत निकाय,अस्पताल र कार्यालयका लागि ६८ पदमा दर्खास्त आव्हान गरेको हो ।

जारी गरिएको सुचनामा भनिएको छ,- लोक सेवा आयोगले पदपूर्ति नगरुन्जेलसम्मका लागि सेवा करारबाट लिनुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको ७ दिनमा इमेल मार्फत सो मन्त्रालयको इमेलमा दर्खास्त दिन आव्हान गरिएको छ ।