ईसेवाले ग्राहकलाई पासवर्ड परिवर्तन गर्न किन गर्‍यो आग्रह ?

ईसेवाले ग्राहकलाई पासवर्ड परिवर्तन गर्न किन गर्‍यो आग्रह ?

ईसेवाले ग्राहकलाई पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ । कम्पनीले वेब ब्राउजरबाट लग इन गर्दा पासवर्ड अनिवार्य रूपमा परिवर्तन गर्न आग्रह गरेको हो ।

कम्पनीले इसेवामा रजिस्टर गरिएको मोबाइलमा एसएमएस वा इमेलमा प्राप्त टोकन राखि पास्वर्ड परिवर्तन गर्न आग्रह गरेको हो । कम्पनीले उक्त टोकन अरु कोहिलाई नदिन समेत आग्रह गरेको छ ।

साथै ई सेवाको प्रमुख अपरेटिङ अफिसर रोशन लामीछानेले इन्टरनेटमा पिसिङ बढ्दो क्रममा रहेको कुरालाई ध्यानमा राखेर पासवर्ड परिवर्तन गर्न आग्रह गरेका हुन् ।

केहि समस्या नभए पनि मानीसहरुले इन्टरनेटमा प्रयोग गर्ने पासवर्ड र इ सेवामा सोहि पासर्वड प्रयोग गरेको कारण अरु व्यक्तिले इ सेवा को खाता एक्सेस गर्न रोक्नका लागी आग्रह गरिएको बताएका छन् ।

एपलिकेशन तथा इन्टरनेटहरुमा सोहि पासर्वड राख्दा फिसिङ हुने प्रविति बढ्दै गएकोले सबै ग्राहाक मानुभावहरुलाई पासर्वड परिर्वतन गर्न आग्रह गरेको हो ।