सेती प्रादेशिक अस्पतालमा उपचाररत ५२ वर्षीय कोरोना संक्रमित  पुरुषको मृत्यु

सेती प्रादेशिक अस्पतालमा उपचाररत ५२ वर्षीय कोरोना संक्रमित  पुरुषको मृत्यु

धनगढीः धनगढीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का ५२ वर्षीय पुरुषको मृत्यु भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले गएराती उनको मृत्यु भएको दिनेश खबरलाई जानकारी दिए। असोज २० गते कोरोना पुष्टि भएका ती पुरुष स्वास्थ्यमा समस्या देखिएपछि २३ गते मात्र सेती अस्पताल भर्ना भएको श्रेष्ठले बताए। यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ।