ग्लोबल आईएमई बैंकको शाखा रहित बैंकिंग सेवा विस्तार, दिपायल शाखा मातहतमा ३ वटा रहने

ग्लोबल आईएमई बैंकको शाखा रहित बैंकिंग सेवा विस्तार, दिपायल शाखा मातहतमा ३ वटा रहने

डोटी-शिखर नगरपालिका  ग्लोबल आईएमई बैंकले शाखा रहित बैंकिंग सेवा विस्तार गरेको छ ।  
शिखर  नगरपालिका वडा नम्बर ९ उच्चाकोट बजार मा ग्लोबल आईएमई बैंक लिमिटेडले शाखा रहित बैंकिंग सेवा बिस्तार गरेको दिपायलका शाखा प्रबन्धक शिव राज विष्टले जानकारी दिए।

 सेवा सुरुवातका अवसरमा शिखर नगरपालिकाका मेयर सीताराम जोशीको समेत उपस्थित थिए।

जोशीले कार्यक्रममा बैंक तथा वित्तीय संस्थाले पर्यटन र कृषिको क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्ने सुझाव दिए।
यो संगै बैंक तथा वित्तीय संस्थाले घर घरमा पुगेर वित्तीय साक्षरता प्रदान गर्न पनि उनले आग्रह गरे।

दिपायल शाखाको मातहतमा ३ वटा शाखा रहित बैंकिंग सेवा  संचालनमा रहेको बैंकले जनाएको छ।