आफ्नो नियम उल्लंघन गरेको भन्दै गुगलले लगायो २५० भन्दा बढी एपमाथि प्रतिवन्ध

आफ्नो नियम उल्लंघन गरेको भन्दै गुगलले लगायो २५० भन्दा बढी एपमाथि प्रतिवन्ध

गुगलले करीब २५० भन्दा बढी मोबाइल एपहरुमाथि प्रतिबन्ध लगाएको छ । गुगलले आफ्नो प्ले स्टोरबाट एन्ड्रोइड एपमा रहेका ती एपले प्रयोगकर्तामाथि अनधिकृत गतिविधि गरेको आरोप लगाउँदै प्रतिवन्ध लगाएको हो ।

प्रतिवन्ध लगाइएका एपले एन्ड्रोइड प्रयोगकर्ताहरुलाई अनावश्यक विज्ञापनहरु देखाउने लगायतका कार्य गरी आफ्नो नियम उल्लंघन गरेकाले प्रतिबन्धित लगाइएको गुगलले जनाएको छ । 

गुगलको सेक्योरिटी समूहले ती एप्लिकेसनविरुद्ध कारवाही गर्ने निणर्य गर्दै एपहरुलाई ब्लक गरेको जनाएको  छ । प्रयोगकर्ताहरुलाई अनावश्यक तथा भ्रमपूणर् विज्ञापन देखाएर दुःख दिएका ती एपहरु ब्लक गरेसँगै गुगलले आफ्ना एन्ड्रोइड फोनमा RAINBOWMIX ग्रुपका एपहरु भएमा तत्कालै डिलिट गर्न आग्रह गरेको छ ।

लामो समयदेखि गुगलका नियमहरु उल्लंघन गर्दै आएको उक्त ग्रुपका विषयमा विषयमा शोधकर्ताहरुले White Ops नामक संस्थाको सहयोगमा तथ्यहरुको खुलासा गरेका थिए । त्यससँगै गुगलले उक्त समूहका एपहरुमाथि कारबाही गरेको हो ।