गेटा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक पर्ने न्युनतम पूर्वाधार तयार गर्न अझै १ वर्ष लाग्ने

गेटा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक पर्ने न्युनतम पूर्वाधार तयार गर्न अझै १ वर्ष लाग्ने

धनगढी । कैलालीको गेटामा निर्माण भईरहेका सुदूरपश्चिम प्रदेशकै आस लाग्दो सरकारी परियोजना गेटा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक पर्ने न्युनतम पूर्वाधार तयार गर्न अझै १ वर्ष लाग्ने भएको छ ।  

गेटा मेडिकल कलेज निर्माणको पहिलो फेजको काम अन्तरगत राज्यको झण्डै ४ अर्ब लगानीमा निर्माण कार्य भईरहेको छ । नेपाल सरकारका तर्फ बाट मेडिकल कलेज पुर्वाधार विकास समिति प्रोजेक्ट ईन्जिनियर पवन रावलले केडिकल कलेज निर्माण कार्य  सातवटा प्याकेजमा निर्माण भईरहेको र अहिले पहिलो चरणको काम भईरहेको बताउदै रावलले गेटा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक पर्ने न्युनतम पूर्वाधार तयार गर्न अझै १ वर्ष लाग्ने बताउनु भएको छ । 

उहाँले भन्नुभयो,“नेपालको ईतिहासमै पहिलोपटक शिक्षा मन्त्रालयले स्वास्थ्य क्षेत्रमा यति धरै ठुलो लगानि गरेर संरचना निर्माण गरीरहेको छ । अहिले पहिलो चरणको चरणको कार्य अन्तरगत लगभग ८० प्रतिशत काम सम्पन्न भएको छ । जसभित्र भवनको बाहिरी बनावट तथा भवन रङरोगनको कार्य सम्मपनन्न भएको छ तर अस्पताल अथवा मेडिकल कलेज सामान्य रुपमा सञ्चालन गर्नका लागि आश्यक पर्ने फर्निचर, उपकरण, प्रशासनिक कक्ष, विद्युत लगाएतका समाग्रिहरु को व्यवस्थापन गरी सुचारु गर्ने अवस्थामा ल्याउन १ वर्ष लाग्छ ।” उहाँले भन्नुभयो ।