नेकपा सांसद निरु पाललाई कोरोना संक्रमण

नेकपा सांसद निरु पाललाई कोरोना संक्रमण

काठमाडौं । नेकपा सांसदका साथै महिला तथा सामाजिक समितिकी सभापति निरु पाललाई कोरोना भाइरस पोजेटिभ देखिएको छ। कोभिड-१९ को लक्षण देखिएपछि उनले कोरोनाको स्वाब दिएर परीक्षण गराएकी थिइन्। 

आफूलाई हल्का ज्वरो आएको, जिउ धेरै दुखेको र श्वास फेर्न गाह्रो भएपछि जाँच गरेको उनले बताइन्। उनले आफूलाई कोभिड-१९ देखिएपनि हार नमान्ने बताएकी छिन्।

उनले भनेकी छिन्, 'कोरोना लागेपनि म यति छिट्टै हार खादिनँ। मलाई विश्वास छ म कोरोना जितेर छिट्टै काममा फर्किनेछु।'
उनले यो बीचमा आफ्नो सम्पर्कमा रहेकालाई जाँच गराउन र आफन्तलाई नआत्तिन भनेकी छिन्।