अछाममा ७७ किलोवाट विद्युत् सदुपयोग भएन्

अछाममा ७७ किलोवाट विद्युत् सदुपयोग भएन्

अछाम : अछामका कतिपय स्थानीय तह र गाउँ विद्युत् बिहीन छन् । कतिपय नागरिक विद्युत् नभएर सोलारको प्रयोग गरिरहेका छन् र विद्युत्का लागि सङ्घर्ष गरिरहेका छन् । 

तर मेल्लेख गाउँपालिकाको ऋषिदहमा रहेको कासागाड लघुजलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बढी भएपछि खेर गइरहेको छ ।

मेल्लेखको वडा नं १ र २ ऋषिदहका एक हजार बढी घरधुरीका पाँच हजार उपभोक्तालाई चौबिसैघण्टा विद्युत् उपभोग गरेर पनि विद्युत् बढी भएपछि खेर गइरहेको छ । २०७० सालबाट नियमित रुपमा बलिरहेको ९२ किलोवाट क्षमताको कासागाड लघुजलविद्युत् आयोजनाबाट हालसम्म स्थानीयवासीले १५ किलोवाट विद्युत् मात्रै उपभोग गरिरहेका छन् । 

बाँकी ७७ किलोवाट विद्युत् सदुपयोग हुननसक्दा खोलामा बगिरहेको आयोजनाका अध्यक्ष अर्जुन धामीले बताउनुभयो । पाँच वर्षदेखि खेर गइरहेको ७७ किलोवाट विद्युत् सदुपयोग हुन नसक्दा आयोजना, गाउँवासी र समग्र गाउँपालिकालाई नै घाटा भइरहेको धामीको भनाइ छ ।