कञ्चनपुर : सुदुर पश्चिम प्रदेशमा अत्याधुनिक प्रबिधि भएका ल्यावहरु सन्चालनमा आएका छन् । बिगतमा अत्याधुनिक प्रबिधि नभएका कारण विरामिको अनुहार हेरेर औषधि दिने गरेकाले विरामिको रोग पत्तालगाउन कठिन रहेको थियोे ।
सुदुर पश्चिम प्रदेशको धनगढीसंगै महेन्द्रनगरमा पनि आधुनिक प्रबिधि ल्याव सन्चालनमा आएको छ । रगत परिक्षणकै लागि बिरामिले काठमाडौं त्यसैगरी भारतमा जानुपर्ने बाध्यतालाई यस्ता आधुनिक ल्यावले बिरामीलाई सहज संगै कम खर्च लाग्नेछ ।
बिरामीहरुको स्वास्थ्य सेवालाई सहज बनाउन महेन्द्रनगरमा अन्तरास्ट्रिय स्तरको युनाइटेड ल्यावोरेटरी एन्ड रिसर्च सेन्टर प्रयोगशालाको सेवा सुरुवात गरेको निर्देशक मुकुन्द जोशी बताए ।
उनले यस क्षेत्रमा सम्भव नभएका महङ्गा र संवेदनशील परिक्षणका साथै अत्याधुनिक प्रबिधि इकलिया,विश्व स्वास्थ्य संगठन (WHO),आइ एस ओ (ISO) र अमेरिकन फुड एन्ड डर्ग एडमिनिस्टर्शनबाट एफ डिए प्रमाणिात प्रविधि र रसायन प्रयोग गर्नुका साथै लामो समयदेखि हस्पिटल र प्रयोगशालामा दक्षता हासिल गरेका व्यक्तित्व बाट रगत जाँच गरिने निर्देशक जोशिले बताए ।
बदलिँदो जिवनशैलि र लापरबाहीपुर्ण खानपानले मानिस दिन प्रतिदिन विभिन्न रोगको शिकार हुदै गइरहेका छन् । सुगर,हार्टअटयाक,जस्ता रोगहरु समयमैमा पत्ता लगाउन सके बिरामीले किड्नी फेल्युअर तथा हार्टअटयाक टार्न सकिन्छ ।
रोग लाग्नु भन्दा अगाडी नै बिरामीलाई सचेत गराउन प्रत्येक महिना एउटा शिविर राखने साथै ईन्टरनरल र एक्सट्रनल क्वालिटी कन्ट्रोल गरि यस क्षेत्रका नागरिकलाई स्वस्थ्य नागरिक बनाउने लक्ष्य लिएको युनाइटेड ल्यावोरेटरी एन्ड रिसर्च सेन्टर प्रयोगशालाका निर्देशक जोशीले बताए ।