सुशासन लागु गर्नु नागरिकको जिम्मेवारी हो : नगरप्रमुख साउँद

सुशासन लागु गर्नु नागरिकको जिम्मेवारी हो : नगरप्रमुख साउँद

कैलाली : बागेश्वरी असल शासन क्लब (बास) कैलाली शाखाले गोदावरी नगरपालिकाका माद्यामिक विद्यालयहरु विच वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।

सुशासन प्रवद्र्धनमा युवाको भूमिका भन्ने विषयमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगिता प्रतियोगितामा नगरपालिकाका ७ वटा माद्यामिक विद्यालयहरुको सहभागिता रहेको थियो ।

बागेश्वरी असल शासन कैलाली शाखाका अध्यक्ष पाण्डव पुजाराको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी धनगढी गोदावरी नगरपालिकाका प्रमुख हरि सिंह साउँद  रहेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख साउँदले सुशासन लागु गर्नु प्रत्येक नागरिकको समान जिम्मेवारी रहेको बताए ।

भ्रष्टाचार मुक्त समाज निर्माणमा हामी सबैको उत्तिकै भुमिका रहेकोले बोली ब्यवहारमा मात्र नभएर ब्यवहारमा पनि लागु गर्नु पर्ने बताए ।  देश बढ्न सुशासनको आवश्यकता पर्ने भएकोले भ्रष्टाचार निर्मुल पार्न सबैले एकजुट हुनुपर्ने बताए । 

संस्थाका अध्यक्ष पाण्डव पुजाराले बास कैलालीले भ्रष्टाचार र सुशासनका क्षेत्रमा देशका ७२ जिल्लामा नितान्त सामाजिक कार्य गरिरहेको बताए ।”सुशासन प्रवद्र्धनमा युवाको भूमिका” विषयमा आयोजना भएको वक्तृत्वकला प्रतियोगितामा दुर्गालक्ष्मी माध्यामिक विद्यालयका छात्र करन धामी प्रथम,सरस्वती माध्यामिक विद्यालयका छात्रा रबिना धानुक दित्तिय,शारदा माबी श्रीपुरका छात्र कमल टमटा तृतिय र सिद्धबाबा मावी गेटीका छात्र टेकराज जोशी सान्त्वना भएका थिए ।

प्रतिस्पर्धाका उतकृष्ट प्रतियोगिहरुलाई शैक्षिक सामाग्री सहित प्रमाण पत्रको वितराण गरिएको थियो । संस्थाका सदस्य केशव बिष्टले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा राखेको कार्यक्रममा  दुर्गालक्ष्मी माबिका प्राचार्य सिबराज जोशी, बागेश्वरी असल शासन कैलाली शाखाका सल्लाहकार प्रेम ढुंगाना,गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख तथा उप’चिव सुर्य बहादुर सिहले  मन्तव्य व्यक्त गरेका थिए ।  कार्यक्रमको सञ्चालन संस्थाका मिडिया संयोजक सन्तोष रोकायाले गरेका थिए ।