रबिका समर्थक द्धारा धनगढीमा दिप प्रजोलन (फोटो फिचर)

रबिका समर्थक द्धारा धनगढीमा दिप प्रजोलन (फोटो फिचर)

धनगढी : नेपाल आइडल सिजन-२ को विजेता रवि ओड बनेका छन् । रविले २२ लाख र गोल्डेन माइक पाएका छन् ।

‘माया जाउला रेलैमा’ बोलको गीत गाएर धनगढी अडिसनमा जजको मन जित्दै छनौट भएका रवि अन्ततः देश विदेशमा रहेका नेपालीको मत जित्दै नेपाल आईडल सिजन–२ को उपाधि जित्न सफल भएका हुन ।

कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालीका गुलरियामा बुवा राजेन्द्र ओड र आमा उमा ओडको कोखबाट २०५४ साल चैत्र महिनामा जन्मिएका रवि आमा बुवाको तेस्रो सन्तान हुन ।