सुदूर पहाडका तीन जिल्लामा नियमित हवाई सेवा, यस्तो छ उडान तालिका

सुदूर पहाडका तीन जिल्लामा नियमित हवाई सेवा, यस्तो छ उडान तालिका

कैलाली। धनगढीबाट सुदूर पहाडका तीन जिल्ला डोटी, बैतडी र बझाङमा नियमित रूपमा हवाई सेवा सञ्चालन हुने भएको छ।

उडान तालिकाको टुंगो लागेसँगै समिट एअरले डोटीको दीपायल, बैतडीको पाटन र बझाङको चैनपुर विमास्थलमा नियमित हवाई सेवा सञ्चालन गर्ने जनाएको छ।

धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाका अनुसार समिट एअरले धनगढीबाट डोटी र बझाङ मंगलबार र शुक्रबार तथा बैतडीका लागि मंगलबार उडान भर्नेछ। 

समिटले धनगढीबाट बाजुराका लागि भने यसअघिदेखि नै उडान भरिरहेको छ। त्यसैगरी अछामको साफे विमानस्थलका लागि समेत धनगढीबाट उडान गर्ने र त्यसका लागि उडान तालिका र भाडादर निर्धारणको गृहकार्य भइरहेको एअरलाइन्सले जनाएको छ।