बाजुरामा १९ हजार बढीले स्वास्थ्य विमा गराए

बाजुरामा १९ हजार बढीले स्वास्थ्य विमा गराए

बाजुरा: नौ महिना पहिले संचालन भएको स्वास्थ्य विमा गर्नको निकै उत्साह बढ्दै गएको पाइएको छ। सामाजिक सुरक्षा विकास समितिले २०७४ चैत देखि सुरुवात गरेको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म जिल्लामा १९ हजार ६ सय ९ जनाले स्वास्थ्य बिमामा आवद्ध जनाएको बाजुरा बीमा दर्ता अधिकारी तारा रोकायाले बताए। 

बीमा दर्ता अधिकारी रोकायाका अनुसार जिल्लाका ९ वटा स्थानीय तहमध्ये सबै भन्दा बढी बडिमालिका नगरपालिकामा बीमा गर्नेको संख्या गरेको बताए। नगरपालिकामा ४ हजार बढीले स्वास्थ्य बीमा गराएको रोकायाले जानकारी दिए। 

गत चैतबाट सुरु भएको स्वास्थ्य बीमा असार मसान्तसम्म ६ हजार १ सय ८२ जना नागरिकले स्वास्थ्य बीमा गराएका हुन्, भने साउनबाट यही पुस ५ गते सम्म १३ हजार ५०८ जना नयाँ स्वाथ्य बीमा गर्ने नागरिक थपिएको दर्ता अधिकारी रोकायाको भनाई रहेको छन्।

जिल्लामा तिन हजार ५२३ घरपरिवारले स्वास्थ्य बीमामा नाम दर्ता गराएका छन्। “जिल्लामा नयाँ नाम दर्ता गराउनेको आकर्षण ह्वात्तै बढेको छ,दुर्गम र विकट जिल्ला भएका कारण बीमा गराउन समस्या भएको रोकायाले भने।”

जिल्लामा आर्थिक रूपमा विपन्न र गरीब समुदायका बिरामी तथा रोगीको गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमबाट यहाँका नागरिकले औषधि उपचारमा ठूलो राहत पुगेको महसुस गर्न थालेका थिऐ।

जिल्ला अस्पताल बाजुरामा पनि अहिले स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि उपचार गर्न आउने दैनिक रुपमा बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताए।