सुदूरपश्चिम प्रदेश सरकारका ३ दिनका ३ काम, जसले गरायो जनतालाई सरकार भएको अनुभुति !

सुदूरपश्चिम प्रदेश सरकारका ३ दिनका ३ काम, जसले गरायो जनतालाई सरकार भएको अनुभुति !

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले काममा ढिलासुस्ति र निर्णय लिन नसकेको भन्दै आलोचना भईरहेकाबेला यो साता भने प्रदेश सरकारले ३ महत्वपुर्ण निर्णय गरेको छ । मुख्य मन्त्री भट्टले एक सार्वजनिक कार्यक्रममा बोल्दै अब प्रदेश सरकार बोलेर हैन काम गरेर देखाउँछ भनेको केही दिन नबित्दै यो साता भने जनताले सरकार भएको अनुभुति भएको  बताएका छन् । भने प्रदेश सरकारले काम गर्न थालेको मा खुसी व्यक्त गर्दै अब काममा निरन्तरता दिनुपर्ने प्रतिक्रया समेत जनाएकाछन् । 
सुदूरपश्चिम प्रदेश सरकारले यो साताको तिन दिन क्रमश: आईतबार, सोमबार र मंगलबार गरेका महत्वपुर्ण निर्णयहरु यस्ता छन् । 

१. दार्चुलाको ब्यासमा हेलिकप्टरद्धारा खाद्यान्न ढुवानी
प्रदेश सरकारले व्यास गाउँपालिका–१ स्थित छाङ्गरु र तिङ्कर गाउँमा खाद्यान्न अभावको समस्यालाई मध्यनजर गर्दै खाद्यान्न ढुवानी गर्न माउण्टेन एयरको हेलिकोप्टर सदरमुकाम खलङ्गा आइपुगेको छ । हेलिकोप्टरमार्फत खाद्य सामग्री ढुवानी गर्न प्रदेश सरकारले रु ४५ लाख बजेट निकासा गरेको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय दार्चुलालाई खाद्य सामग्री ढुवानीका लागि बजेट उपलब्ध गराएको हो । पहिलो चरणमा १८० क्विन्टल खाद्यान्न ढुवानी गरिन लागेको हो । चामल, नुन, दाल, तेललगायत खाद्यान्न सामग्री ढुवानीको तयारी गरिएको बताइएको छ । खाद्यान्नको जोहो गर्ने जिम्मा वडालाई दिइएको छ । स्थानीयवासीको मागका आधारमा वडाले छाङ्गरु र तिङ्करको लागि खाद्यान्न ढुवानी गर्न लागेको छ । १९ असोजमा व्यास गाउँपालिकाको घाँटीबगरमा नेपाली सेनाले निर्माण गरेको बाटो उद्घाटन गर्न दार्चुला पुग्नुभएका मुख्यमन्त्री त्रिलोचन भट्टले व्यास क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकता दिएको दाबी गर्नुभएको थियो ।

२. मुख्यमन्त्री र मन्त्रीहरुद्धारा दशैभत्ता कोरोना कोषमा जम्मा 
सुदूरपश्चिम प्रदेश सरकारले यस वर्षको दसैं भत्ता नलिने निर्णय गरेको छ । मुख्यमन्त्री सहीत सम्पूर्ण मन्त्रीहरुले यस वर्षको दसैं भत्ता नलिने निर्णय गरेकाहुन्।  यस वर्षको दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।  यस वर्षको दसै खर्चवापत प्राप्त रकम कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराइ यस रोगको नियन्त्रण र रोकथाम, उपचारमा सघाउ पुर्‍याउने निर्णय भएको छ । 

३. कोरोना संक्रमितको निशुल्क उपचार गर्ने 
सुदूरपश्चिम प्रदेश सरकारले कोरोना संक्रमितको उपचार तथा परीक्षण निशुल्क गर्ने निर्णय गरेको छ । मंगलबार पत्रकारसँगको भेटघाटमा प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले  महामारीका बेला जनताको उपचार गर्ने दायित्व सरकारको भएकोले प्रदेश सरकार यसवाट नपन्छिने उहाँले बताउनुभयो ।’ संघीय सरकारको भनाईलाई नागरीकमा आतंक सृजना नगर्न आग्रह गर्दै मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेश अन्तरगतका सबै अस्पताल तथा स्वास्थ्य संस्थामा यसअघि भए अनुसार नै निशुल्क हुने र यसका लागि प्रदेश सरकारले सरोकार सबैलाई खबर गरिसकेको मुख्यमन्त्री भट्टले बताउनुभयो ।