यो सरकार मेरो पनि हो भन्ने आभास भएन

यो सरकार मेरो पनि हो भन्ने आभास भएन

यो सरकार मेरो पनि हो भन्ने आभास भएन।
सत्ताले यत्ती मात्तिएलान भन्ने बिश्वास भएन।

नेता बचाउन सम्पुर्ण राज्य स्रोत खर्च गर्नुपर्ने,
मरे मर्छन यो सरकारलाई जनता खास भएन।

सामन्त बिरोधीहरू आज आफै सामन्त बन्दा,
अब यो समाजवाद के खाली बकबास भएन?

सर्वहाराको सरकार सर्वहाराकै निमित्त किन,
मात्र एकसरो लुगा दुई छाक टार्न गाँस भएन।

हिजो दासताकै विरुद्ध लडाइका योद्धा थियौ,
चित्त दुखाउछन कमरेडहरू भनेर दास भएन।

नव सामन्तको उदय भयो गणतन्त्र आएपछि,
हैरान होलान सहिदहरू किन सर्वनास भएन।