स्पाईनल ईन्जुरी भई अपाङ्गता भएका ब्यक्तिहरुको सुदूरपश्चिम प्रदेश कमिटी गठन

स्पाईनल ईन्जुरी भई अपाङ्गता भएका ब्यक्तिहरुको सुदूरपश्चिम प्रदेश कमिटी गठन

धनगढी । विभिन्न घटनावाट स्पाईनल ईन्जुरी भई अपाङ्गता जीवन विताइरहेका सुदूरपश्चिममा संगठित भएका छन् । राज्य तथा सराेकारवाला संघ संस्थावाट अपहेलित अपाङ्गता भित्रकाे उक्त समुहले आफ्ना हक अधिकारका बारेमा सामुहिक आवाज उठाउन संगठित भएकाे हाे ।

धनगढीकाे जुगेडामा बस्दैआएका बझाङका रामप्रसाद जाेशीकाे अध्यक्षतामामा १५ सदस्यीय सुदूरपश्चिम प्रदेश कमिटी गठन गरिएकाे छ । जस्मा उपाध्यक्ष सैलेजा बि क घोडाघोडी कैलाली, सचिवमा गणेशप्रसाद अवस्थी नवदुर्गा डडेल्धुरा, कोषाध्यक्ष टीका कुमारी पुरी धनगढी कैलाली, सहसचिव योगेन्द्र बहादुर खड्का भीमदत्तनगर कञ्चनपुर, ताराप्रसाद पाण्डेय धनगढी, कृष्णबहादुर सिंह छबिसपाथिभरा बझाङ, बिन्दु साउद कञ्चनपुर, बमबहादुर थापा भागेश्वर, कल्पना बिष्ट अमरगढी डडेल्धुरा, वीरबहादुर भाट गोदावरी कैलाली, दिनेश ठगुन्ना सुक्लाफाँटा कञ्चनपुर, लखन चौधरी जानकी गाउँपालिका कैलाली रहेका छन् ।

यस्तै उक्त कमिटीकाे बरिष्ठ सल्लाहकारमा दीर्घ कुमार स्वार भीमदत्तनगर कञ्चनपुर र भवानी ऐर धनगढी रहेका छन् । समावेशी तथा पहुचयुक्त वातावरणमा स्पाईनल ईन्जुरी भई अपाङ्गता भएका ब्यक्तिहरूलाई सबै अधिकार दिलाई आत्म सम्मानका साथ समाजमा स्वावलम्वन तथा पुनर्स्थापित गराउन स्पाईनल ईन्जुरी नेटवर्क नेपाल सँगकाे समन्वयमा सुदूरपश्चिम प्रदेशमा संगठन बनाएकाे बरिष्ठ सल्लाहकार तथा पाराओलम्पिक कमिटी सुदूरपश्चिमका अध्यक्ष दीर्घकुमार स्वारले जानकारी दिए ।

अपाङ्गताकाे नाममा एक आँखा नाक कानम समस्या भएका वा हातखुट्टमा चाेटपटक लागेर रड सर्जरी गरेका टाठावाठाले नेतृत्व गर्ने र हामी जस्ता शरीरमै दिसा पिसब भएकाे थाह नपाउने ह्वीलचीयर विन काेठाबाहिरकाे संसार देख्न नसक्नेलाई बेवास्ता गर्ने प्रबृति बिरुद्ध बास्तविक अपाङ्गताकाे वकालत, पैरवी, जनचेतना साथै आवस्यक सहकार्य र सहयोग गर्दै आईरहेको संस्था मेरूदण्डिय पक्षघात समूह नेपाल, काठमाण्डाैंसँग जाेडिएकाे अपाङ्गता अभियन्ता स्वारले बताए ।