सुदूरपश्चिमका ३ अस्पतालमा अक्सिजन बेड थप्न सवा ४ अर्बभन्दा बढी बजेट

Dhangadhi Khabar    

सुदूरपश्चिमका ३ अस्पतालमा अक्सिजन बेड थप्न सवा ४ अर्बभन्दा बढी बजेट
फाइल फोटो

धनगढी ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुमा अक्सिजन बेड अर्थात हाई डिपेन्डेन्सी युनिट (एचडीयू) सञ्चालन गर्न सवा ४ अर्बभन्दा बढी बजेट पठाएको जानकारी दिएको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबार मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा देशका विभिन्न अस्पतालमा हाई डिपेन्डेन्सी युनिट संचालन गर्न ४ अर्ब २५ करोड २७ लाख २० हजार रुपैयाँ पठाएको जानकारी दिएको हो।

सोही अनुसार सुदूरपश्चिम प्रदेशको सेती अस्पताल, महाकाली अस्पताल र डडेल्धुरा अस्पतालमा २५र२५ अक्सिजन बेड थपिने भएको छ।
 



शुक्रबार ०७, कार्तिक २०७७ ०९:१३ मा प्रकाशित

# स्वास्थ्य तथा जनसंख्या मन्त्रालय #अक्सिजन बेड #सुदूरपश्चिम
Loading...

प्रतिकृया दिनुहोस