गोदावरी नदीबाट ढुङगा, गिट्टि बालुवाको उत्खनन बढ्दै, बस्ती नै संकटमा

गोदावरी नदीबाट ढुङगा, गिट्टि बालुवाको उत्खनन बढ्दै, बस्ती नै संकटमा

धनगढी : कैलालीको गोदावरी नगरपालिकामा रहेको गोदावरी नदीबाट ढुङगा, गिट्टि बालुवाको उत्खनन गर्ने कार्य बढदै गएको छ । नदीबाट ढुङगा, गिट्टि बालुवाको उत्खनन गर्ने कार्य बढदै जादा त्यसले बस्ती नै संकटमा परेको स्थानीयको गुनासो छ । 

निश्चित मापदण्ड पु¥याएर प्रभाव नपर्ने गरि ढुङगा, गिट्टि बालुवाको उत्खनन गर्नुपर्ने माग गर्दै आएका स्थानीयले आफ्ना माग सुनुवाईमा नगरपालिकाले चासो नदिएको बताएका छन । 

स्थानीयका अनुसार गोदावरी नदीबाट वर्षेनि ढुङगा, गिट्टि बालुवाको उत्खनन गर्ने कार्य बढदै गएको छ । हिजो आज नदीमा दैनिक रुपमा एक दर्जन भन्दा बढी स्काभेटर र जेसिविले ढुङगा, गिट्टि बालुवाको उत्खनन गरिरहेका छन । 

नदीबाट ढुङगा, गिट्टि बालुवाको उत्खनन बढदै जादा त्यसले वाढी, पहिरो, भू–क्षयको जोखिम बढेको र त्यसले गर्दा बस्ती नै जोखिममा परेको गोदावरी नगरपालिका, २ का भक्तराज भट्ट र रविन्द्र बोहराले गुनासो गरे । 

नदीबाट ढुङगा, गिट्टि बालुवाको उत्खनन कार्य बढीरहेका बेला त्यसले बस्ती नै जोखिममा परेको स्थानीयहरु बताउछन । उक्त कार्य रोक्नका लागि पटक पटक गोदावरी नगरपालिका र सामुदायिक वनलाई आग्रह गरेपनि चासो नदिएको आरोप लागेको छ । 

नदीबाट धेरै मात्रामा ढुङगा, गिट्टि बालुवाको उत्खनन गर्दा आउनसक्ने वाढी, पहिरो, भू–क्षयको जोखिम कम गर्नका लागि अहिले नै सरोकारवालाले चासो दिनुपर्ने माग पनि गरिएको छ । 

त्यसका लागि अध्ययन अनुसन्धान गरि सिमित मात्रामा ढुङगा, गिट्टि बालुवाको उत्खनन गर्ने नियम बनाउनुपर्ने एक जना स्थानीय मोहननाथ योगीले माग गरे । 

‘विकास निर्माणका कार्यका लागि नदीबाट ढुङगा, गिट्टि बालुवाको उत्खनन गर्नु नराम्रो होईन । तर, नदीबाट जथावाभी रुपमा ढुङगा, गिट्टि बालुवाको उत्खनन गर्दा त्यसले वाढी, पहिरो, भू–क्षयको जोखिम बढाएको छ ।’ एक जना स्थानीय शिक्षक रामेश्वर भट्ट भन्छन, ‘कति मात्रामा ढुङगा, गिट्टि बालुवाको उत्खनन गर्न पाउने भन्ने नियम बनाउन आवश्यक छ ।’ 

गोदावरी नगरपालिकाले नदीबाट ढुङगा, गिट्टि बालुवाको उत्खननका लागि तिन जना ठेकेदारलाई नगरपालिकाले ठेक्का दिएको छ । 

तर, ठेक्कामा कति मात्रामा ढुङगा, गिट्टि बालुवाको उत्खनन गर्ने र कसरी गर्ने भन्ने कुरा केही उल्लेख गरिएको छैन । 

नगरपालिकाका मेयर हरिसिह साउद भने प्राकृतिक रुपमा असर पर्ने गरि ढुङगा, गिट्टि बालुवाको उत्खनन गरिएको भेटिए ठेकेदारलाई कारवाही गर्ने बताउछन ।

तर, मेयर साउदले ठेकेदारलाई कारवाही गर्ने बताईरहदा पटक पटक आग्रह गर्दा समेत नदीको अनुगमनमा समेत नगएको स्थानीयले आरोप लगाएका छन ।