कोरोनाबाट मृत्यु हुनेको संख्या बाँकेमा मात्रै ३० पुग्यो

कोरोनाबाट मृत्यु हुनेको संख्या बाँकेमा मात्रै ३० पुग्यो

नेपालगन्ज । बाँकेमा शुक्रबार राति थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । 
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझीका ५० बर्षीय पुरुषको राति १० बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
कोभिड–१९ को शंका लागेपछि असोज २५ गते बागेश्वरी डाइग्नोष्टिक ल्याबमा कोरोना परिक्षण गराएका उनमा २६ गते कोरोना पुष्टि भएको थियो ।