मासु र दुई जिब्रे मनोविज्ञान

धनगढी खबर    

मासु र दुई जिब्रे मनोविज्ञान

जनवार क्रुरतापूर्वक मार्नु राक्षसीपन हो । तपाईं यस्तै धारणा राख्नुहुन्छ । फेरी तपाईं पोल्ट्री फर्मबाट ल्याइएको कुखुराको मासु पनि खानुहुन्छ । तपाईंले एकपटक आफैमा मन्थन गर्नुहोस् त । के तपाईंको धारणा र व्यवहार आफैमा विरोधासपूर्ण छैन ?

जनवारलाई क्रुुरतापूर्वक मारिएको तपाईंलाई मन पर्दैन । तर, बजारमा उपलब्ध आकर्षक ढंगले राखिएको मासु खानमा भने तपाईंलाई कुनै समस्या छैन । यस्तो दोहोरो व्यक्तित्व राख्ने तपाईं एक्लो हुनुहुन्न । पश्चिमा देशदेखि लिएर एशियाली देशसम्म जहाँ पनि यस्तो दोहोरो रवैया देख्न पाइन्छ ।

जनावरमाथिको क्रुरता हामी सहन सक्दैनौं । तर क्रुरतापूर्वक मारेको जनावरको मासु भने हामी निकै स्वाद लिएर खान्छांै ।

अष्ट्रलियाका मनोवैज्ञानिक ब्राक भेस्टियन र स्टीभ लोनन यसलाई ‘मासुको विरोधाभास’ भन्ने गर्छन्  ।

उनीहरुका अनुसार यो त्यस्ता मानिसहरुको मनोवैज्ञानिक तथा नैतिक द्विविधाको उपज हो, जो मासु खान त चाहन्छन्, तर जनावरमाथि क्रुरता कुनै हालतमा सहदैनन्् ।

परिणामस्रुप, उनीहरुभित्र अन्तरद्वन्द चल्छ । उनीहरु सोच्छन्, यसको विरोध कसरी गर्ने ? अनि फेरी मासुको स्वाद कसरी लिने ?

नैतिक संघर्षमा आधारित यो अन्तरद्वन्द्वको नतिजा, मासु खान मन त लाग्न नै छोड्छ, आफ्नो पहिचानलाई लिएर समेत हामी द्विविधामा पर्छौं ।

मानिसहरुले आदिम कालदेखि नै मासु खान थालेका हुन् ।

तर, नैतिकताको प्रश्न भने धेरै पुरानो होइन । जनावारलाई फर्ममा पालेर त्यसको विक्री वितरण बढेदेखि मात्र मानिसहरुले यो प्रश्न उठाउन थालेका छन् । समाजिक दबाव पनि यसको लागि जिम्मेवार छ ।

कोही शाकाहारी छ र मासु खान चाहँदैन भने उनिहरु माथि विभिन्न किसिमको प्रश्न गरिन्छ । उनसलाई गलत र आफूलाई सही सावित गर्ने प्रयास गर्छौं ।

जब एउटा कुरा गर्छांै र अर्को कुरा भन्छौं भने मनोवैज्ञानिक भाषामा त्यसलाई ‘दिमागी विरोधाभास’ भनिन्छ

। ‘दिमागी विरोधाभास’ शब्दको आविष्कार लियोन फेस्टिंगर नामक वैज्ञानिकले १९५७ मा गरेका थिए । उनले जेम्स कार्लस्मिथसँग मिलेर यसको अनुसन्धान गरेका थिए । सन् १९५९मा यस सम्बन्धि अनुसन्धान पेपर प्रकाशित गरेका थिए ।

कुनै व्यक्तिलाई आफ्नो राय विपरित कुनै काम गर्नु परेमा उसको सोच कस्तो हुन सक्छ  ?

यो प्रश्नको जवाफ खोज्न फेस्टिंगर र कार्लस्मिथले ७१ जना मानिसमा अनुसन्धान गरेका थिए । यिनीहरुलाई एउटा झ्याउ लाग्ने काम गर्न दिइएको थियो ।

त्यसपछि यिनीहरुलाई तीन समूहमा विभाजित गरिएको थियो, जसमा एउटा समूहलाई पैसाको प्रलोभन देखाएर अर्को समूहलाई उक्त काम निकै रमाइलो छ भन्न लगाइएको थियो ।

जबकी दोश्रो समूहलाई साँचो कुरा बोल्न लगाइएको थियो । तेश्रोलाई भने केही भनिएको थिएन ।

त्यसपछि के पाइएको थियो भने पैसाको प्रलोभनमा परेर मानिसहरु झ्याउ लाग्ने कामलाई पनि निकै रमाइलो र चाख लाग्दो भएको बताउन तयार भएका थिए ।

फेस्टिंगरले आफ्नो सोचलाई सन् १९६२मा अझ विस्तारमा बताए । उनले भने, ‘हामी सोच्छौं, हाम्रो विचार स्थिर छ । वास्तविकता त यही हो की यो सोंच र व्यवहार गलत भइदिन्छन् । यही नै विरोधाभास हो, हाम्रो सोच र व्यवहारमा ।’

जब हाम्रो सोंच र व्यवहार फरक हुन्छ, तब हामी यो फरक हटाउने तथा कम गर्ने प्रयास गर्छौं । यो विरोधाभास कम नभए हामी असहज महसुस गर्छांै ।

जस्तो की हामी भोक लागेमा खाना खोज्छांै, त्यसैगरी हाम्रो सोंच वा व्यवहारमा अन्तर भएमा हामी त्यो अन्त कम गर्ने उपाय खोज्न थाल्छौं ।

जनावरको हकमा पनि यही कुरा लागु हुन्छ । हामी जनावर माथि हुने अत्याचारको विरोध गर्छौं । तर फेरी उनीहरुकै मासु खान्छांै । अनि फेरी यो विरोधाभासको अन्तर मेटाउन हामी नयाँ नयाँ तरीका अपनाउन थाल्छौं ।

समाजशास्त्री लिञ्ज ग्रायुरहोल्जका अनुसार उत्पादन गरिएका जनावरलाई हामी अक्सर आर्कषक देखाउने प्रयास गर्छौ । यसबारे के सन्देश दिने गर्छौं भने उनीहरु कुनै जोर जर्बजस्ती वा कुनै अन्याय वा अत्याचारको सिकार होइनन् । त्यसपछि हामी उनीहरुको नाम पनि बदलिदिन्छौं ।

पाडोको मासुलाई बीफ, संगुरको मासुलाई ह्याम, पोर्क  तथा अन्य जनावरको सिकारलाई ‘हन्टिङ्ग गेम’ भन्छौ ।

मरेको जनावरको शरीर जब टुक्राटुक्रा पारेर प्याक गरिन्छ, तब यसलाई यति आकर्षक ढङ्गले प्याक गरिन्छ की हामीमा भएको विस्मात समेत हट्छ ।

लिञ्जले जब मांसहारी उत्पादनको मार्केटिङ्गको तौरतरीकाबारे ध्यान दिए, दुईटा कुरा खुलासा भए । पहिलो त मासुलाई सफा तरीकाले ससाना टुक्रामा काटिन्छ ।

दोश्रो, यस्ता मासुलाई प्लाष्टिकमा यति राम्ररी प्याक गरिन्छ की हामी सोच्न समेत सक्दैनौं कि ती मासु  कुनै जनावरबाट निकालिएको हो ।

एसियाली देशहरु विशेषगरी जापानमा यस्तो धेरै हुने गरेको लिञ्जले पाएका थिए ।

ठूलो आँखा, दुब्लो तथा गोलाकार शरीर भएको जनावरको तस्वीर मासु उत्पादकहरुले प्याकेजिङ्गमा प्रयोग गर्दछन् ।

यसो गर्नुको मुख्य उद्देश्य भनेकै जनावरमाथि अत्याचार भएको छैन भन्ने सन्देश दिनु हो ।

अब समय आइसकेको छ हामीभित्रको दोरोपनालाई नष्ट गर्ने ।  हामी अन्य व्यक्ति तथा जनावरबारे जसरी सोच्छौं,  त्यसमा ठूलो परिवर्तन ल्याउने । यसको लागि ‘मेरो गोरुको बा¥है टक्का’ भन्नुको सट्टा अब हामीले आफ्नो गल्ती मान्नु पर्छ ।

आफ्नो अनैतिक व्यवहारलाई स्वीकार गरेर आफूमा बदलाव ल्याउने प्रयास गरौं । यसले हामी भित्रको अनैतिकको बोझ कम गर्न मद्दत गर्छ । जब हामी राम्रो र नैतिकवान हुन्छौं, तब हामीलाई यो दुनियाँ अझ बढी सुन्दर लाग्न थाल्छ ।

बिबिसीबाट



शनिबार ०८, कार्तिक २०७७ ०९:४४ मा प्रकाशित

#जनवार #मासु #मनोविज्ञान
Loading...

प्रतिकृया दिनुहोस