कैलाली र कञ्चनपुर कारागारका कैदीबन्दीलाई दशैँ मनाउन खसी उपहार

कैलाली र कञ्चनपुर कारागारका कैदीबन्दीलाई दशैँ मनाउन खसी उपहार

धनगढीः कैलाली र कञ्चनपुर कारागारका कैदीबन्दीलाई दशैँ मनाउन खसी उपहार दिइएको छ ।

सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, धनगढी उप–महानगरपालिका र निर्माण व्यवसायी संघले गरी दशैँ मनाउन कैदीबन्दीका लागि कैलाली कारागारका कैदीबन्दीलाई ४ वटा खसी उपहार दिएको जेलर महेन्द्रसिह खड्काले जानकारी दिए ।

उनका अनुसार धनगढी उपमहानगरपालिकाले २ , मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र निर्माण व्यवसायी संघले १र१ खसी प्रदान गरेका हुन् । 

त्यस्तै, कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीलाई बडादशैंँ मनाउनका लागि खसी उपलव्ध गराइएको छ । लालझाडी गाउँपालिकाले कैदीबन्दीलाई खसी उपलब्ध गराएको हो । कैदीबन्दीले दशैंँ सहज रुपमा मनाउन पाऊन् भन्ने उद्देश्यले खसीसँंगै फलफूल र चिउरा पनि उपलब्ध गराइएको छ । गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले सरकारले दिने सिदाले नपुग्ने भएकाले मीठोमसिनो खानका लागि तिनलाई खसी उपलब्ध गराइएको बताए । 

यसैगरी नेपाली काँग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य दिवानसिंह विष्टले पनि कारागारमै पुगेर कैदीबन्दीलाई खसी प्रदान गरेका छन् । सो कारागारमा तीन सयभन्दा बढी कैदीबन्दी छन् ।