५० हजार नगद सहित कञ्चनपुरमा ३ जुवाडे पक्राउ

५० हजार नगद सहित कञ्चनपुरमा ३ जुवाडे पक्राउ

धनगढीः कञ्चनपुरमा ५० हजार नगद सहित ३ जुवाडे पक्राउ परेका छन् । 

भीमदत्त नगरपालिका वडा नम्बर १८ बरपिपल चौक नजिकै रहेको प्रयास रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा ५० हजार ८५ सहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले पक्राउ पर्नेमा सञ्चालक भीमदत्त नगरपालिका १८ कै ३४ वर्षीय पदम चन्द, वडा नम्बर ६ का २६ वर्षीय  हरिश पन्त र वडा नम्बर ४ का २८ वर्षीय सागर ऐर रहेको बताए । उनीहरुलाई नियन्ण्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।