'चाडपर्व मनाउदा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न नभुलौं': मुख्यमन्त्री भट्ट

'चाडपर्व मनाउदा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न नभुलौं': मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गरेका छन् । वडादशैं २०७७ काे शुभकामना सन्देश दिदैं  मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको दशैँ मनाउन सबै नागरिकलाई अनुरोध गरेका हुन् ।

दशैँका नाममा जताततै भीड गर्ने, हुल बाँधेर रमाइलो गर्ने जस्ता कार्य नगर्न तथा नगराउन आग्रह गर्दै संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखेर सुरक्षित दशैं मनाउन आग्रह गरेका छन् । मुख्यमन्त्री भट्टले भने, “स्वास्थ्यभन्दा ठूलो अरु कुनै  छैन, यस वर्ष ज्यान जोगाएर पर्व मनाउनुस्, अर्को वर्ष झनै रमाइलो पर्व मनाउन पाइने छ ।”

No description available.