जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बर्दिया– २१ वर्षिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका(४ बसन्तागाँउ बस्ने २१ वर्षीय प्रेमलाल थारु पक्राउ परेका छन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रेमलालले ती महिलालाई आफ्नै घरमा बसीरहेको अवस्थामा घर पछाडी लगी जबरजस्ती करणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो ।

ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले अभियुक्त थारुलाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।