धनगढी उपमहानगरपालिकामा प्रयाप्त सार्वजनिक शौचालय नहुदा सर्वसाधारणलाई सास्ती

धनगढी उपमहानगरपालिकामा प्रयाप्त सार्वजनिक शौचालय नहुदा सर्वसाधारणलाई सास्ती

धनगढी : धनगढी उपमहानगरपालिकामा सार्वजनिक शौचालयको अभावमा सर्वसाधारणलाई सास्ती भएको छ ।

भएका शौलाचयको पनि व्यवस्थापन गर्न नसक्दा थप समस्या सिर्जना भएको छ । सर्वसाधारणको सहजताका लागि कैलाली उद्योग वाणिज्य सघले घुम्ती शौचालय सञ्चालनमा ल्याउने भने पनि प्रयोगमा नल्याईदा थन्किएका छन ।

धनगढीमा हाल ४ वटा शौचालय रहेका छन । जनसङख्याको चापमा शौचालय नहुदा कहिलेकाही शौच गर्नकै लागि पालो कुर्नुपर्ने बाध्यता सिर्जना हुने गरेको छ । भएका शौचालयको पनि सही व्यवस्थापन नहुदा पनि सर्वसाधारणलाई थप सास्ती भएको छ ।

शौचालयमा प्राय पानीको अभाव हुने गरेको छ भने निकै दुर्गन्धित हुने गरेको  एक जना स्थानीय यज्ञराज चोधरीले गुनासो गर्नुभयो ।

सुदूरपश्चिमको प्रमुख व्यापारीक शहर तथा अस्थायी राजधानी धनगढीमा विगतदेखि शौचालयको अभाव रहेपनि निर्माणका लागि कसैले पनि चासो दिएका छैनन । धनगढी उपमहानगरपालीकाको सामाजिक बिकास शाखा प्रमुख टंक बिष्ट भने जग्गाको अभाबमा  सार्वजनिक शौचालय निमार्ण गर्न नसकेको बताउनुभयो ।

सर्वसाधारणको सहजताका लागि कैलाली उद्योग वाणिज्य सघले घुम्ती शौचालय सञ्चालनमा ल्याउने भने पनि प्रयोगमा नल्याईदा थन्किएका छन । सघको साधारण सभामा हस्तान्तरण गर्ने भनिएका घुम्ती शौचालय साधारण सभा नहुदा हस्तान्तरण गर्न नसकिएको सघले जनाएको छ ।

अव हुने साधारण सभामा घुम्ती शौचालय धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरेर प्रयोगमा ल्याईने कैलाली उद्योग वाणिज्य सघका अध्यक्ष शकर वोगटीले बताउनुभयो ।

सुदूरपश्चिमको प्रमुख व्यापारीक शहर तथा अस्थायी राजधानी धनगढीमासार्वजनिक शौचालय प्रयाप्त नहुदा आमसर्वसाधारण समस्या झेल्दै आएका छन ।