युवाका ढुकढुकी भट्टद्धारा मानव सेवा आश्रम र दृष्टि फाउण्डेसनलाई  ८३ जोर न्यानो लुगा वितरण

युवाका ढुकढुकी भट्टद्धारा मानव सेवा आश्रम र दृष्टि फाउण्डेसनलाई  ८३ जोर न्यानो लुगा वितरण

धनगढीः धनगढीका सामाजिक अभियन्ता युवा मनका ढुकढुकी मदन भट्टले मानव सेवा आश्रम र दृष्टि फाउण्डेसनलाई न्याना कपडा वितरण वितरण गरेका छन् ।

Image may contain: ५ people, people standing and outdoor

छोरी खुसी र छोरा शुलभ सहित शुक्रबार आश्रम र फाउण्डेसनमै पुगेर जाडोको समयमा आवश्यक पर्ने ८३ थान कपडा वितरण गरेका हुन् । मानव सेवा आश्रममा ४३ र दृष्टि फाउण्डेसनमा ४० थान न्याना कपडाहरु वितरण गरिएका हुन् । छोराछोरीलाई पनि सामाजिक कामहरुमा अग्रसर गराउनका लागि भट्टले आफ्ना दुबै सन्ततिलाई सँगै लगेर कपडाहरु वितरण गरेको बार जाकारी आफ्नो समाजिक सञ्जाल फेसकुकमा राखेका छन् । 

Image may contain: ५ people, people standing and people sitting

दुबै वेसहाराहरुलाई सहयोग गर्दै आएका संस्थाहरुमा ६० हजारभन्दा मुल्यका कपडाहरु वितरण गरिएका हुन् ।  जाडोको समय आफुले गरेको सहयोगले वेसहाराहरुलाई राहत हुने आशा सामाजिक अभियन्ता भट्टले राखेका छन् ।