डोटीमा भीरबाट लडेर एक महिलाको मृत्यु

डोटीमा भीरबाट लडेर एक महिलाको मृत्यु

डोटीको दिपायल सिलगढी नगरपालिका वडा न. ७ पाँकरीमा एक जना महिलाको शुक्रबार भीरबाट लडेर मृत्यु भएको छ।

पाँकरीका छत्र भण्डारीकी २८ वर्षीय श्रीमती शारदा कठायत भण्डारी बाख्रा चराउने क्रममा भीरबाट खसेर मृत्यु भएको वडा अध्यक्ष कर्ण विष्टले जानकारी दिए। दिउँसो बाख्रा चराउन गएकी शारदा स्थानीय नाउटेपानी खोलामा भीरबाट खसेर मृत अवस्थामा भेटिएकी हुन्। 

वनबाट बाख्रा घर आए पनि शारदा घर नआएपछि खोजी गर्दा करिब एक सय मिटर माथिबाट खोलामा खसेको अवस्थामा शव भेटिएको वडा अध्यक्ष विष्टले बताए।