एसइई प्रदेश सरकारले सञ्चालन गर्ने

एसइई प्रदेश सरकारले सञ्चालन गर्ने

यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई)को सञ्चालन प्रदेश सरकारले गर्ने भएको छ । मुलुक सङ्घीय संरचनामा गइसकेपछि पहिलोपटक प्रदेश तहलाई एसइई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो। 

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालयले परीक्षा सञ्चालन गर्ने छ । परीक्षा नियन्त्रण कार्यालयले गत वर्ष तोकिएका भन्दा नबढाई केन्द्र तोक्न निर्देशन दिएको छ । 

प्रदेश सरकारले सञ्चालन गरेको परीक्षाको उत्तरपुस्तिका भने परीक्षा नियन्त्रण कार्यालयमा आउने र कार्यालयले समपरीक्षण तथा नतिजा प्रकाशन गर्ने जनाइएको छ । यस वर्षको एसईई परीक्षा आगामी चैत १० गतदेखि सरु हुँदै छ ।