सुदूरपश्चिममा कुल कोरोना संक्रमितको संख्या  ९ हजार ८ सय २५ पुग्यो, निको हुनेको संख्या कति ?

सुदूरपश्चिममा कुल कोरोना संक्रमितको संख्या  ९ हजार ८ सय २५ पुग्यो, निको हुनेको संख्या कति ?

धनगढी ।  सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या  ९ हजार ८ सय २५ पुगेको छ ।  पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशाला, डडेल्धुरा अस्पताल प्रयोगशाला, डोटी अस्पताल प्रयोगशाला र जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए । उनका अनुसार ४ वटै प्रयोगशालामा ४ सय ९६ जनाको परीक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको हो ।

कार्कीले डोटी अस्पताल प्रयोगशालामा ३६ जना, सेती अस्पताल प्रयोगशालामा ३४ जना, बैतडी अस्पताल प्रयोगशालामा ३ र डडेल्धुरा अस्पताल प्रयोगशालामा २ जनामा संक्रमण पुष्टि भएको बताए । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ३ जनाको परीक्षण गर्दा थप ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाको धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ का ५ जना, वडा नम्बर ५ का ३ जना र वडा नम्बर १, ४, ७, ८ र १२ का एक÷एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै कैलालीकै गोदावरी नगरपालिकाका ४ जना, टीकापुर नगरपालिकाका ३ जना, घोडाघोडी नगरपालिकाका २ जना र लम्किचुहा नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ । उता कञ्चनपुरको बेदकोट नगरपालिका–१० का ९ जनामा समेत संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या  ९ हजार ८ सय २५ पुगेको छ ।  संक्रमित मध्ये ८ हजार ८८ जनाले कोरोना जितेका छन् भने ३५ जनाको मृत्यु भएको छ ।