भारतको रिपब्लिक टेलिभिजनका सम्पादक अर्णव गोस्वामी पक्राउ

भारतको रिपब्लिक टेलिभिजनका सम्पादक अर्णव गोस्वामी पक्राउ

विवादास्पद टेलिभिजन प्रस्तोता अर्णव गोस्वामी पक्राउ परेका छन्।
भारतको रिपब्लिक टेलिभिजनका सम्पादक उनलाई आज बिहान अलिबागम प्रहरीे पक्राउ गरेको हो। सन् २०१८ मा इन्टेरियर डिजाइनर अन्वय नायक र उनकी आमा कुमुद नायकको मृत्युको विषयमा छानबिन गर्न उनलाई पक्राउ गरिएको जनाइएको छ।

टेलिभिजनको टीआरपी प्रकरणका विषयमा अर्णवविरुद्ध छानबिन भइरहेका बेला अर्णव पक्राउ परेका हुन्।