थाहा पाउनुभयो ? स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई निःशूल्क मोबाइल डाटा उपलब्ध कसरी हुन्छ !

थाहा पाउनुभयो ? स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई निःशूल्क मोबाइल डाटा उपलब्ध कसरी हुन्छ !

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्नातक तहमा अध्ययनरत नियमित विद्यार्थीहरुलाई निःशूल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यार्थी वित्तिय सहयोग कार्यक्रम अन्तरगत स्नातक तहमा अध्ययनरत नियमित विद्यार्थीहरुलाई निःशूल्क मोबाइल डाटा उपलब्ध गराउने भएको हो । 

कोरोना महामारीको संकटबाट उच्च शिक्षा अध्ययनरत विपन्न वर्गका विद्यार्थीहरुको समतामूलक पहुँच सम्बन्धमा उत्पन्न समस्या न्युनिकरण गर्नका लागि हाल नियमित रुपमा स्नातक तह अध्ययनरत विपन्न वर्गका विद्यार्थीहरुलाई निशूल्क अनलाइन डेटा उपलब्ध गराई सिकाईमा सहयोग पुर्‍याउने उदेश्यले यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । 
विद्यार्थीहरुले यसका लागि वित्तिय सहयोग कार्यक्रमको वेबसाइटमा गई कार्तिक २१ गतेसम्म अनलाइन फाराम भर्न सक्ने छन् । 

यस कार्यक्रममा विद्यार्थी सहभागी हुन् यहाँ क्लिक गरी कक्षा ११ मा अध्ययन गर्दाको रजिष्ट्रेसनलाई युजर नाम  र जन्म मितिलाई पासवर्ड बनाई लगईन गर्नुपर्ने छ ।

उक्त अवधी भित्र अनलाइन फाराम भरेका विद्यार्थीहरुको क्याम्पसहरुले अनलाइन फाराम अनिवार्य रुजु गर्नुपर्ने भएकाले क्याम्पसहरुले उक्त प्रायोजनका लागि युजर र पासवर्ड प्राप्त गर्न क्याम्पस प्रमुखको नाम, फोन र क्याम्पसको ईमेल सहित यो [email protected]  ईमेलमा पत्र पठाउनु पर्नेछ ।
लगईन गरेपछि देखिएको सम्पूर्ण विवरण क्याम्पसले रुजु गरेपश्चात फाराम स्वीकृत भए नभएको र छनौट सूचीमा परे नपरेको जानकारी सोही युजरबाट लिन सकिने छ । विद्यार्थीहरुले डाटा चलाउन मिल्ने मोबाइलको व्यवस्था आफैले गर्नुपर्नेछ ।