सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० हजार नाघ्दा ३६ को मृत्यु, ८ हजार बढी संक्रमण मुक्त

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० हजार नाघ्दा ३६ को मृत्यु, ८ हजार बढी संक्रमण मुक्त

धनगढी ।  सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० हजार ७७ पुगेको छ । प्रदेशभर संक्रमण पुष्टि भएका ८ हजार २ सय जनाले कोरोना जितेका छन्  भने ३६ जनाको मृत्यु भएको छ ।  

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशाला सेती प्रादेशिक अस्पताल, जिल्ला अस्पताल डोटी, जिल्ला अस्पताल बैतडी र जिल्ला अस्पताल बझाङको प्रयोगशालामा ५ सय २० जनाको परीक्षण गर्दा थप ७७ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ३५ जनाको परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाका ४३ जना, टीकापुर नगरपालिकाका ११ जना, गौरीगंगा नगरपालिकाका ५ जना, गोदावरी नगरपालिकाका २ जना, जानकी गाउँपालिकाका १ जना र ठेगाना नखुलेका कैलालीकै ५ जनामा समेत कोरोना पुष्टि भएको बताए । 

यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिकाका २ जना र भीमदत्त नगरपालिकाका १ जनामा कोरोना संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए । डोटी अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा १९ जनाको परीक्षण गर्दा ३ जना, जिल्ला अस्पताल बझाङमा ३० जनाको परीक्षण गर्दा ३ जना र जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा ३२ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।