ओलीवंश सम्मेलनबाट नयाँ कार्यसमिती चयन

ओलीवंश सम्मेलनबाट नयाँ कार्यसमिती चयन

धनगढी : सुदूरपश्चिम प्रदेश स्तरिय ओलीवंश सम्मेलन नयाँ कार्यसमिती चयन गर्दै आज धनगढीमा सम्पन्न भएको छ । सम्मेलनबाट गणेशराज ओलीको अध्यक्षतामा ९ सदस्यि नयाँ कार्यसमिती चयन गरीएको छ । समितीको उपाध्यक्षमा नर बहादुर ओली, महासचिवमा सोमान ओली चयन हुनु भएको छ ।

यस्तै सदस्यमा डम्मर बहादुर ओली, सुनिल कुमार ओली, कृष्ण ओली, पदम ओली र भुपेन्द्र ओली चयन हुनुभएको छ । ओली बंश संगठनका केन्द्रीय अध्यक्ष हरी ओलीको सभापतित्वमा भएको सम्मेलनको प्रमुख अतिथी राष्ट्रीय सभा सदस्य कमला ओली रहनु भएको थियो ।

सुदूरपश्चिम प्रदेशका ९ औटै जिल्लाहरुमा समिती गठन गर्ने समाजले जनाएको छ ।