चौरपाटी गाउपालिका विवाद : काग्रेसले घे¥यो प्रशासन, नेकपाको ध्यानाकर्षण

चौरपाटी गाउपालिका विवाद : काग्रेसले घे¥यो प्रशासन, नेकपाको ध्यानाकर्षण

अछाम : कांग्रेसले जिल्ला प्रशासन कार्यालय अछाम घेराउ गरेको छ । प्रहरीले पक्राउ गरेका आफ्ना कार्यकर्ता हिहाइको मागसहित चौरपाटी गाउँपालिकाले अवैध रुपमा भर्ना गरेको कर्मचारीलाई रद्द गर्नुपर्ने भन्दै प्रशासन कार्यालय घेराउ गरेको हो ।

विरोधस्वरुप आन्दोलनमा उत्रिएका कांग्रेस कार्यकर्ताले प्रहरी प्रशासनविरुद्ध चर्को नाराबाजी गरेका थिए । यसअघि चौरपाटी गाउँपालिकाले उमेर नपुगेका व्यक्तिलाई कर्मचारी नियुक्त गरेको आरोपमा बिरोध स्वरुप गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेपछी प्रहरीले कांग्रेसका पाँच कार्यकर्ता पक्राउ गरेको थियो ।

यस्तै, कर्मचारी नियुक्तिको विषयलाई लिएर केही दिनदेखि आन्दोलनकारीले समाजमा अराजकता फैलाई समाजिक एकता भड्काउने गरेको कार्यप्रती चौरपाटी गाउँपालिकाले आपत्ति जनाएको छ । चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदद्धारा आज जारी गरेको बिज्ञप्तिमा सामाजिक उच्छृंखल हुने गतिविधिमा समाबेश नहुन सबैमा आग्रह गरिएको छ ।

यसैविच, नेपाल कम्युष्टि पार्टी अछामबाट निर्वा्चित जनप्रतिनिधिहरुले कर्मचारी भर्नाको विषयलाई लिएर पौष ४ गते चौरपाटी गाउँपालिका अध्यक्षलाई गालिगलौज र निमित्त प्रमुख प्रशासकिय अधिकृतलाई कार्यकक्षमा बन्धक बनाएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।