प्रदेश १ का सबै जिल्लामा नियमित उडानको तयारी

प्रदेश १ का सबै जिल्लामा नियमित उडानको तयारी

विराटनगर । प्रदेश नम्बर १ का सबै जिल्लाका विमानस्थलहरुमा नियमित उडान गर्ने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अहिले पूर्वका विभिन्न जिल्लामा ५५ वटा पहाडी क्षेत्रमा विमानस्थल निर्माण भइरहेको र ३२ विमानस्थल कालोपत्रे भइसकेको पनि प्राधिकरणले जानकारी दिएको छ ।

हाल स्तरोन्नतिको काम भइरहेको ताप्लेजुङ सुकेटार विमानस्थलको अवलोकन गर्ने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई प्राधिकरणका महानिर्देशक राजकुमार पोखरेलले नियमित उडानको तयारी भइरहेकोबारे जानकारी गराउनुभएको हो ।

विमानस्थलको अवलोकन पछि पर्यटनमन्त्री भट्टराइले विमानस्थल स्तरोन्नतिको गुणस्तरीयतामा ध्यान दिन आग्रह गर्नुभयो ।

ताप्लेजुङ सुकेटार विमानस्थलको सात सय मिटर क्षेत्रमा स्तरोन्नति भइरहेको छ भने थप १५० मिटरमा धावनमार्गमा कालोपत्रे गर्न बाँकी रहेको छ ।