आइजिपी खनालसहित प्रहरी उच्च अधिकारीको टोली कञ्चनपुर

आइजिपी खनालसहित प्रहरी उच्च अधिकारीको टोली कञ्चनपुर

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित प्रहरी उच्च अधिकारीहरुको टोली कञ्चनपुर आएको  छ ।

महानिरीक्षक खनालसहित केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का प्रमुख निरज शाही, प्रहरी मुख्यालयका एसपी रामदत्त जोशी, महानगरीय अपराध महाशाखाका डिएसपी रुगम कुँवर, प्रहरी नायव निरीक्षक गजेन्द्र रावलको टोली मंगलबार बेलुकी कञ्चनपुतर्फ आएको  हो ।

टोलीमा गएका अपराध महाशाखाका डिएसपी रुगम कुँवर र प्रहरी नायव निरीक्षक गजेन्द्र रावल टेक्नीकल पाटोको अनुसन्धानमा दखल राख्ने अनुसन्धान अधिकारीका रुपमा चिनिन्छन् ।

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका सिलसिलामा आइजिपी खनालसहितको टोली सडकमार्ग भएर कञ्चनपुर गएको प्रहरी श्रोतले जनाएको छ । तर कञ्चनपुर प्रहरीका प्रवक्ता कृष्णराज ओझाले उक्त टोली कञ्चनपुर आइनसकेको बताएका छन् ।

केही दिनअघि मात्रै निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि अपराध महाशाखाका डिएसपी मनोहर भट्ट नेतृत्वको टोली कञ्चनपुर गएको थियो। डिएसपी भट्ट नेतृत्वको उक्त टोलीले शंकास्पद १० जनाको नाम टिपाएको र त्यसमा चारजना सैनिक समेत रहेको श्रोत बताउँछ ।

१० जनामध्येकै व्यक्तिहरु अपराधमा संलग्न रहेको निष्कर्ष नजिक प्रहरी पुगेको पनि श्रोतले जनाएको छ ।

त्यसलगत्तै आइजिपी खनालसहितको टोली कञ्चनपुर गएका कारण प्रहरीले यो घटनामा केही महत्वपूर्ण क्लु हात पारेको अनुमान गरिएको छ ।

‘निर्मला हत्या प्रकरणको अनुसन्धान लगभग कम्प्लिटको चरणमा पुगेको छ त्यसकै लागि महानिरीक्षकसहितको टोली कञ्चनपुर गएको हो’, श्रोसँग भन्यो, ‘भट्ट नेतृत्वको टोलीले शंकास्पद १० जनाको नाम दिएको छ ।’यो खबर देश सञ्चार  बाट लिईएको हो ।