बाघको आक्रमणबाट युवती घाइते

बाघको आक्रमणबाट युवती घाइते

कञ्चनपुर : महाकाली नगरपालिका–४ की १९ वर्षीया अमृता सिंह ठकुरी  बाघको आक्रमणबाट घाइते भएकी छन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खर काट्न गएका बेला मंगलबार साँझ ठकुरीलाई बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक चेतराम पनेरुले जानकारी दिए ।

पनेरुका अनुसार खर काटिरहेको बेला बाघले झम्टिएको हो। ठकुरीको कम्मर, हात, खुट्टामा चोट लागेको छ। घाइते ठकुरीके प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा प्राथमिक उपचारपछि थप उपचारका लागि कैलालीको धनगढी लगिएको छ।