६३ जनालाई न्यानो कपडा वितरण

६३ जनालाई न्यानो कपडा वितरण

बाजुरा : जिल्लामा मौसम परिवर्तन भएसंगै चिसो बढ्दै गएको छ । चिसोबाट बच्नका लागि बाजुराको बडीमालिका नगरपालिका–७  मा मंगलबार एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको बडीमालिका नगरपालिका–७ का वडाअध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।

नगरपालिकाको उक्तमा रहेका ८ टोलका ४० जना बृद्धबृद्धालाई कम्मल,बलान्केट वितरण गरिएको छ । भने यसैगरी सोही वडाका २३ जना बालबालिकाहरुलाई ज्याकेट र सुरुवाल समेत वितरण गरिएको वडा सदस्य धनलालल पाध्यायले जानकारी दिए ।उनले दिएको जानकारी अनुसार वडामा रहेका जिल्ली,माउलेख,सिराडी,पोखरा,रजातोली,ढम्कने गरी आठ टोलका जेष्ठ नागरिक बृद्धबृद्धालाई न्यानो कपडा वितरण गरिएको वडा सदस्य पाध्यायले बताए ।
 
बडीमालिका नगरपालिका वडा नं ७ को सहयोग र समाजसेवी दयाराम अग्रवालको समन्वयमा ६३ जनालाई न्यानो कपडा वितरण गरिएको वडा अध्यक्ष पाध्यायको भनाई रहेको छ ।

न्यानो कपडा वितरण कार्यक्रममा अध्यक्ष पाध्यायले वडापालिकाको सक्रियता र समाजसेवी दयाराम अग्रवाल र विभिन्न सहयोगी संस्थाहरुको सहयोगबाट न्यानो कपडा वितरण गरिएको बताए । उनले हरेक वर्ष वडामा रहेका बृद्धबृद्धा र बालबालिकाहरुलाई वडा कार्यालयले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।