धनगढीमा विजुलीको तार सर्ट भई पसलमा आगलागी, सामान जलेर नष्ट

धनगढीमा विजुलीको तार सर्ट भई पसलमा आगलागी, सामान जलेर नष्ट

धनगढीः विजुलीको तार सर्ट हुदा धनगढीमा  हार्डवेयर पसलमा आगलागी भएको छ ।

आइतबार राति साढे ११ बजे धनगढी उपमहानगरपालिका वडा नम्बर १४ स्थित स्याउलेमा रहेको तुलसी ट्रेडर्समा आगलागी भएको प्रहरीले जनाएको छ ।  विजुलीको तार सर्ट भई पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए ।

स्थानीय र जनप्रतिनिधिको सहयोगमा १२ बजेतिर आगो नियन्त्रणमा लिईएको उनले बताए । आगलागीबाट  पसलमा रहेका सामान जलेर नष्ट भएपनि क्षतीको विवरण आउन बाँकी छ भने मानवीय क्षती भने छैन।