के तपाईलाई थाहा छ ? सुदूरपश्‍चिममा कोरोनाका सक्रिय संक्रमितको संख्या कति पुग्यो !

के तपाईलाई थाहा छ ? सुदूरपश्‍चिममा कोरोनाका सक्रिय संक्रमितको संख्या कति पुग्यो !

सुदूरपश्चिममा कोरोनाका सक्रिय संक्रमितको संख्या १५ सय २० पुगेको छ । हिजो १०२ जना थपिएसँगै संक्रमितको संख्या १५ सय २० पुगेको हो ।

सक्रिय संक्रमितका कैलालीका मात्रै ६८८ जना छन् । यस्तै अछाममा ८६, बैतडीमा ४०, बझाङमा १९१, बाजुरामा १०, डडेल्धुरामा ६६, दार्चुलामा १९९ र कञ्चनपुरका १०८ जना सक्रिय संक्रमित छन् ।

यसबाहेक २० जना अन्य जिल्लाका छन् । हालसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण २६ जनाको मृत्यु भएको छ भने ८ हजार  ४७९ जना डिस्चार्ज भएका छन् ।