‘८ वर्षमै जन्म दिने आमा गुमाएका रविले कर्म दिने आमा पनि गुमाए’

‘८ वर्षमै जन्म दिने आमा गुमाएका रविले कर्म दिने आमा पनि गुमाए’

धनगढी :  ८ वर्षको बाल्य अवस्थामा नै आफुलाई जन्मदिने आमा गुमाएका नेपाल आईडल सिजन–२ का विजेता सुदूरपश्चिम प्रदेशको कञ्चनपुरका रवि ओडले कर्मदिने आमा पनि गुमाएका छन । 

नेपाल आईडल भएको खुसी राम्ररी बाडन नपाउदै उनले कर्मदिने आमा गुमाएका छन । २०५४ साल चैत्र महिनामा कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका गुलरियामा बुवा राजेन्द्र ओड र आमा उमा ओडकोे कोखबाट जन्मिएका रविले ८ वर्षको उमेरमै आमालाई गुमाएका थिए । 

नेपाल आईडल भएको खुसीयाल बाड्न रवि सोमवार मात्रै धनगढी पुगेका थिए । सोमबारदेखि सम्मान तथा बधाई थाप्न व्यस्त रहेका रवि मंगलवार विहान घर पुगेका थिए । 

घरपरिवार र आफन्तसग करिव आधा घण्टा मात्रै विताएका रवि त्यसपछि कृष्णपुर, नगरपालिका, वेदकोट नगरपालिका र भिमदत्त नगरपापिलिकाले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममै व्यस्त थिए । 

मगलवार महेन्द्रनगरमै बसेका रविले विहान पनि विभिन्न बधाई तथा सम्मान कार्यक्रममा सहभागि भएर घर पुगेर त्यसपछि काठमाण्डौ फर्कर्ने कार्यतालिका थियो । 

तर, जन्मदिने आमाको मृत्युपछि आमाको अभाव हुन नदिई पालनपोषण र हुर्काउने ४५ वर्षकी आमा विष्नादेवीलाई करेन्ट लागेको उक विहानै खवर थाहा पाए । करेन्ट लागेर घाईते विष्नादेवीलाई धनगढी ल्याएयो र उनीपनि आमाको स्वाथ्य लाभको कामना गर्दै महेन्द्रनगरबाट धनगढी आए । 

उनले आफ्नो परिचय दिदै चिकित्सकलाई जसरी भएपनि आफ्नी आमालाई बचाई दिन आगं्रह गरिरहेका थिए । तर, उनी आमाको भने मृत्यु भईसकेको थियो । 

विहान ७ बजे छिमेकीको मोटरबाट पानी तान्ने क्रममा घाईते भएकी विष्नादेवीलाई अत्तरीयामा उपचार हुन नसकेपछि धनगढीको सेती अञ्चल अस्पतालमा ल्याईएको थियो । सेती अञ्चल अस्पतालमा पु¥याएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए । 

मृतक विष्नाको शवलाई अहिले घरमा लगिएको छ बुधवार नै गोदावरी घाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । 

रविका बुबा भने २५ वर्षदेखि भारतको गुजरातमा ‘वाचम्यान’ को काम गर्दै आएका थिए । उनी पनि बुधवार श्रीमतीकमो मृत्युपछि नेपाल आउन लागेका छन । बुधवार विहान ११ बजे गुजरातबाट हिडेका रविका बुबा विहिवार साँझसम्म नेपाल पुग्नेछन । 

आर्थिक रुपमा विपन्न परिवारमा हुर्केर गायन प्रतिस्पर्धाबाट नेपाल आइडल बनेपछि रवि ओडको चर्चा सर्बत्र चुलिएको थियो ।