बझाङमा पनि ग्लोबल आइएमई बैंकको नयाँ शाखा सञ्चालन

बझाङमा पनि ग्लोबल आइएमई बैंकको नयाँ शाखा सञ्चालन

धनगढीः बझाङमा पनि ग्लोबल आइएमइ बैंकको नयाँ शाखा स्थापना गरीएको छ । शाखा  जिल्लाको सदरमुकाम चैनपुरमा सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

शाखाको उद्घाटन शाखा प्रबन्धक चेतराज भण्डारीले उद्घाटन गर्नु भएको हो । देशभर शाखा विस्तारको क्रममा सुदूरपश्चिम प्रदेशको हिमालि जिल्लामा २६२ औं शाखा सञ्चालनमा ल्याईएको ग्लोबल आइएमइ बैंक चैनपुर शाखाका शाखा प्रवन्धक चेतराज भण्डारी बताउनुभयो ।

प्रबन्धक भण्डारीका अनुसार बैंकको शाखा सञ्चालमा ल्याउनुको मुल उद्धेश्य भनेको बैंकको देशभरी सेवा विस्तार र स्थानिय स्तर, ग्रमीण भेगका व्यापारी तथा किसान वर्गको वित्तिय क्षेत्रमा सहजै पहुच होस भन्ने रहेको बताउनुभयो । 

सुदूरपश्चिम प्रदेशका ९ आटै जिल्ला मध्ये अव बाजुरामत्रै ग्लोबल आइएमइ बैंकको शाखारहीत जिल्ला भएको र बाजुरामा पनि चाँडै नयाँ शाखा सञ्चानमा ल्याईने प्रबन्धक भण्डारीले बताउनुभयो ।