जिन्दगी पाइला पाइला गरेर नाप्नु पर्ने

जिन्दगी पाइला पाइला गरेर नाप्नु पर्ने

जिन्दगी पाइला पाइला गरेर नाप्नु पर्ने।
कयौँ रागहरू हुँदा रहेछन अलाप्नु पर्ने।

खोक्रो जिन्दगी सजाउदै समय सकियो,
कस्तो जिन्दगी भयो केर्नु पर्ने, छाप्नु पर्ने।

स्वार्थी मान्छे तातो संगै आगो बिर्सिन्छ,
कसले सिकायो होला बलेको ताप्नु पर्ने?

अरु सबै प्रलय भए नि कोइ बात छैन,
सधैं आफूलाई मात्रै जिन्दगी फाप्नु पर्ने।

पटक पटक भोगेको छुँ जिन्दगी जुवा, 
जित्छुँ भन्ने जानेर पनि पत्ती हाप्नु पर्ने।

आफुले गरेका दोशहरू बिर्सिन्छौ वाह!
चलन हो गल्ती गरेर दुनियाँ सराप्नु पर्ने।