कसैसँग त बोल्नु पनि बद्नाम जस्तै लाग्छन

कसैसँग त बोल्नु पनि बद्नाम जस्तै लाग्छन

कसैसँग त बोल्नु पनि बद्नाम जस्तै लाग्छन।
कोहि हुन्छन् गफ गर्नु नि काम जस्तै लाग्छन।

हाँस्नु पर्दो रहेछ,सब-थोक बिर्सेर जिन्दगीमा,
सम्झेर हेर्दा समस्याहरू तमाम जस्तै लाग्छन।

जिन्दगी र मौसम उस्तै उस्तै हुन्छन र सायद,
बिग्रेको दिन बिहान पनि साम जस्तै लाग्छन।

सपना हेरेर मुस्कुराउने बानी पार्दैछु अचेल म,
देख्दा सपना पनि बिहानी घाँम जस्तै लाग्छन।

राम्रो नराम्रो त केबल हेर्ने नजरको कुरा हो नि, 
श्रद्धा भए त कब्रस्थानहरू धाम जस्तै लाग्छन।