भानु युवा क्लबद्वारा पुनर्वासका ३ विद्यालयलाई न्यानो स्विटर वितरण

भानु युवा क्लबद्वारा पुनर्वासका ३ विद्यालयलाई न्यानो स्विटर वितरण

जुद्ध चौधरी / पुनर्वास : कञ्चनपुरको पुनर्वासमा रहेको एक क्लबले साना बालवालिकाका लागि पुनर्वासका ३ विद्यालयलाई स्विटर वितरण गरेको छ।

पुनर्वास नगरपालिका ५ भानुबस्ती ( ग गाउँ) को भानु युवा क्लबले पुनर्वासका मदन आश्रीत आधारभुत विद्यालय, चन्द्रबाल आधारभुत विद्यालय र गौरी शँकर माध्यमिक विद्यालयलाई २ सय दश थान न्यानो स्विटर वितरण गरिएको क्लबका अध्यक्ष पदम बहादुर पुजाराले जानकारी दिनुभयो।

जाडो समयमा साना बालवालिकालाई पढाइ लेखाईमा समस्या हुने हुँदा र चिसोले बालवालिकाको स्वास्थ्यमा निकै प्रभाव पर्ने हुँदा न्यानो स्विटर वितरण गरिएको क्लबका सचिव टेक बहादुर थापाले बताउनुभयो।

बैदेशिक रोजगारीमा परदेश गएका क्लबका सहकर्मिहरुले आर्थिक सहयोग गरेपछि खेलमात्र खेल्दै र खेलाउँदै आएको क्लबले सामाजिक कार्यमा जुटेको क्लबले जनाएको छ। 

न्यानो स्विटर वितरण कार्यक्रमका लागी बैदेशिक रोजगारीमा गएका नारायण पुजारा (पोर्चुगलबाट), जीतेन्द्र थापा (कोरियाबाट), रमेश थापा (कोरियाबाट), गोविन्द क्षेत्री (कोरियाबाट) ले जनहि पन्ध्र हजार रूपैँया आर्थिक सहयोग गरेको क्लबले जनाएको छ।