१७ वर्ष देखि अध्यारोमा रहेको गाउँ ,जहा वडाअध्यक्षको पहलमा पुग्यो बिजुली

१७ वर्ष देखि अध्यारोमा रहेको गाउँ ,जहा वडाअध्यक्षको पहलमा पुग्यो बिजुली

कार्तिक २५,कंचनपुर ।
सत्र वर्षदेखि अँध्यारो रहेको कंचनपुरको एक गाउँमा बिजुली पुगेको छ । जिल्लाको कृष्णपुर नगरपालिका ०१  बनहरामा ५० केभिको बिधुत प्रसारण लाईन बिस्तार भएको हो । १३५-१४० परिवार बसोबास गर्ने उक्त ठाउँमा बिगत १७ वर्षबाट अध्यारो जीवन बिताईरहेका थिए । बिधुत लाईन प्रसारण लाईन बिस्तारका लागि एक वर्ष अघि बिधुत पोल लगिएको भएतापनी एक वर्षपछि  बिधुत लाईन बिस्तार गरिएको हो । वडा अध्यक्ष मोहन बस्नेतको पहल र नेपाल बिधुत प्राधिकरणको सहयोगमा उक्त कार्य सफल भएको वडाअध्यक्ष बस्नेतले बताए।  लामो समयपछी गाउँमा बिजुली पुग्दा स्थानीयहरु हर्षित भएका छ्न ।  बिधुत बिस्तार भएपछी स्थानीयबासीहरुको जिवनशैलीमा सुधार आएको वडा अध्यक्ष बस्नेतले बताए । उनले भने , "बिधुत बिस्तारका लागि अघिल्लो वर्ष पोल  ल्याईए पनि यो वर्ष बिधुत लाईन बिस्तारमा सफल भएका हौ।" बिधुत प्रसारण लाईन बिस्तार कार्यमा नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा कृष्णपुर नगरपालिका मेयरका उमेदवार समेत रहेका हेमराज ओझाको पनि अतुलनीय योगदान रहेको वडा अध्यक्ष बस्नेतले बताए । 

गाउँमा बिजुली पुग्दा दैनिकी जिवनयापनमा  धेरै सहज भएको र आफुहरु हर्षित भएको स्थानियको भनाई रहेको छ ।